राजनीति

देउवाले विश्वको मत लिनुअघि एमाले उपाध्यक्ष रावलद्वारा सांसद पदबाट राजीनामा

माधवकुमार नेपालको पक्षमा लागेका भए पनि पछिल्लो समय नेकपा एमालेको विभाजन रोक्न प्रयासरत एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गर्नुभएको हो ।आफूले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्दै रावलले यसको कारण भने राजनीतिक नैतिकता रहेको बताउनुभएको छ ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको र आफू देश र जनविरोधी राजनीतिको मतियार नहुन राजीनामा दिएको बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गर्नुभएका रावलले भन्नुभयो देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु ।’

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.