राजनीति

राष्ट्रियताका सवालमा नेपालमा देखिने एकता अन्यत्र पाइदैन

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता छिमेकी मुलुकसंगको राम्रो सम्बन्ध रहेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा सरकारको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले दुवै छिमेकी मुलुक भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नै देशको राष्ट्रिय हितमा रहेको बताउँदै नेपालको राष्ट्रियता र राष्ट्रिय एकताका पक्षमा सबै दलहरु एक ठाउँमा उभिएको सदर्भ समेत उठाउनुभयो ।

चुच्चे नक्साको प्रसंग काट्याउँदै प्रधानमन्त्री देउवाले सबै दलहरुको एउटै स्वर रहेको त्यो विषयलाई कसैले एकल जस लिन नसक्ने र राष्ट्रियताका सवालमा नेपालमा अन्यत्र कमै मात्र देखिने एकता प्रदर्शन हुँदैआएको बताउँदै परराष्ट्र सम्बन्धमा छिमेकपछि नेपालको प्राथमिकतामा रहेका मुलुकहरु अमेरिका, युरोपेली युनियन, जापान र अन्य विकास साझेदार रहेको बताउनभयो ।

प्रधानमन्त्री देउवाले छिमेकी मुलुकहरुको विरुद्धमा जान नसकिने बताउँदै भन्नुभयो हामी कुनै पनि हालतमा यी मित्रहरुको खिलाफमा जानै मिल्दैन् । भारत र चीन दुवैसँग सांस्कृतिक सम्बन्ध समेत रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.