जन सरोकार

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीद्वारा खोप केन्द्र अनुगमन

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले आज ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको अनुगमन गर्नुभएको छ ।

मुलुकमा फैलिइरहेको कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि प्रधानमन्त्री देउवाका साथै राजदूत बेरीले उक्त खोप केन्द्रको निरीक्षण एवं अनुगमन गर्नुभएको हो ।

सो क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रधानमन्त्री देउवालाई आफूले यहाँका २९ वटै वडामा खोप लगाउने गरिएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवाले आज काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्रको स्थलगत अनुगमन गर्ने क्रममा ललितपुरमा रहेका छ पालिकामध्ये महानगरपालिका–१ को केन्द्रको अनुगमन गर्नुभएको हो । सोही क्रममा महानगरपालिकाका प्रमुख महर्जनका साथै उपप्रमुख गीता सत्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला र जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.