राजनीति

प्रधानमन्त्री देउवालाई मोदीको फोन : खोप चाँडै दिने बचन

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई तथा शुभकामना दिनुभएको छ । परराष्ट्र मन्त्रालयले ट्वीटमार्फत दिएको जानकारी अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरी प्रधानमन्त्री देउवालाई बधाई दिँदै दुई मुलुकबीचको आपसी हित र समझदारीमा कुरा भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले फोनवार्तामा मोदीले नेपाललाई कोरोनाविरुद्ध खोप समेत चाँडै उपलब्ध गराउने विश्वास दिलाएको पनि बताएका छ ।

उता फोन वार्तापछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमा फोनवार्तामा भारत र नेपालबीच कोरोनाविरुद्धको लडाईंमा पनि सहकार्य गर्ने विषयमा कुरा भएको उल्लेख गर्नुभएको छ ।

भारतले अनुदानमा १० लाख खोप उपलब्ध गराएको थियो । लगत्तै नेपालले कोभिशिल्डको २० लाख खोप खरिद गर्ने सम्झौता गर्न पुग्यो । उक्त खरिद खोपमध्ये पहिलो खेपको खोप आइपुग्दा दोस्रो खेप अझै आइपुगेको छैन । जसले गर्दा खोप अभियान प्रभावित बन्न पुगेको छ ।

टेलिफोन वार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले खोप आपूर्ति छिट्टै गर्ने आश्वासन दिनुभएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.