जन सरोकार

३२ जनाको मृत्यु, थप २४ सय ४५ जनामा संक्रमण

१० वर्ष मुनिका ४२ बालबालिकामा र ११ देखि २० वर्ष उमेर समूहका १ सय ३५ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने थप २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा भाइरस संक्रमणमुक्त हुनेको संख्या १२ सय ५८ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ४२ जना र ३ हजार ८ सय ३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी संक्रमित हुनेहरुमा १० वर्ष मुनिका ४२ बालबालिका रहेका छन् भने ११ देखि २० वर्ष उमेर समूहका १३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३३०, सुनसरीमा १८४, कास्कीमा १६०, झापामा १२ ९ र मोरङमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा ८८, चितवनमा ७२, ललितपुरमा ५६, मकवानपुरमा ५३, नवलपरासी पुर्वमा ५१, धादिङमा ४४, रुपन्देहीमा ३६, नुवाकोटमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

कैलालीमा २८, गोरखामा २५, दोलखामा २१, धनुषामा १७, ओखलढुंगामा १५, कञ्‍चनपुरमा १३, गुल्मीमा १२, धनकुटा, स्याङजा र दाङमा ११/११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.