कर्पोरेट/पर्यटन

काठमाडौं-दिल्ली उडान हप्तामा छ दिन

बैंलौर र मुम्बईमा भने तत्काल उडानको सम्भावना नरहेको

कोरोना भाइरस संक्रमणको जोखिमका कारण कटौती गरिएको काठमाडौं र भारतको राजधानी नयाँ दिल्लीबीचको उडानमा व्यापक थप हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेकोमा अब सातामा कुल ६ उडान हुने भएको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्क डिमप्रसाद पौडेलका अनुसार अब नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार नेवानिको उडान हुने छ । बढेको उडान २४ जुलाईबाट मात्र कार्यान्वयनमा आउने निगमले जनाएको छ ।

त्यसै गरी भारतबाट एयर इण्डियाले उडान तालिका तोक्नेछ । यसअघि सातामा दुई उडान मात्र हुँदा सीट उपलब्ध नहुँदा नयाँ दिल्लीको भाडा अत्यधिक महंगो भएको थियो ।

नेपाल र भारतबीच एयर बबल सम्झौता अनुसार उडान भइरहेको छ । सो सम्झौतामा उडान थप गर्न नेपालले प्रस्ताव गरेको थियो ।

प्रस्ताव स्वीकृत भएसँगै उडान संख्या बढेको हो । भारतको बैंलौर र मुम्बईमा भने तत्काल उडानको सम्भावना नरहेको नेपाल एयरलाइन्सको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.