जन सरोकार

सशस्त्र प्रहरी अधिकृतहरुलाई फ्रेन्च भाषा प्रशिक्षण

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २ गतेदेखि सशस्त्र प्रहरी अधिकृतहरुलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण कक्षा संचालन गरिएको छ ।

सो प्रशिक्षण कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्व दिनानु दिन बढ्दै गईरहेको चर्चा गर्नुहुँदै संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा तैनाथीको लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन प्रमुखको उद्देश्य अनुरुप उक्त प्रशिक्षण कक्षा संचालन गरिएको बताउनुभयो ।

उहाँले संयुक्त राष्ट्रसंघको अफिसियल भाषाहरु मध्ये फ्रेन्च भाषा एक महत्वपूर्ण भाषा रहेकोले सशस्त्र प्रहरी कर्मचारीहरुलाई उक्त भाषामा दक्ष बनाई भविष्यमा विभिन्न मिशनमा खटिँदा भाषा सम्बन्धमा कुनै कठिनाईहरु नआओस र भविष्यमा विभिन्न मिशन ईलाकामा खटिनु पुर्व फ्रेन्च भाषामा लिईने परिक्षामा समेत धेरै भन्दा धेरै उत्तिर्ण भई सशस्त्र प्रहरीको सहभागिता बढ्ने विश्वासका साथ भाषा प्रशिक्षण सुरु गरिएको बताउनुभयो ।

त्यसअवसरमा एलायन्स फ्रँसेका डेपुटी डाईरेक्टर प्रविण राणाले फ्रेन्च भाषाको महत्व तथा आवश्यकता माथि प्रकाश पार्नुहुँदै सशस्त्र प्रहरी बल नेपाल र फ्रान्सेली संस्थाबीच समझदारी गरी उक्त भाषा प्रशिक्षण कक्षा सुरु गरिएको बताउनुभयो ।

उक्त फ्रेन्च भाषा प्रशिक्षणमा ४ जना सशस्त्र प्रहरी उपरीक्षक सहित कुल ४० जना सशस्त्र प्रहरी अधिकृत तथा जुनियर अधिकृतहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.