कर्पोरेट/पर्यटनजापान

जेएमईबाट पैसा पठाउने मात्र हैन अब डिपोजिट पनि गर्न मिल्ने

सन् २०१० देखि जापानलाई केन्द्रबिन्दु बनाएर नेपाल लगायत विश्वका विभिन्न मुलुकमा विप्रेषण सेवा उपलब्ध गराउँदै आएको जापान मनी एक्सप्रेस कम्पनी लि. (जेएमई) अब बैंक डिपोजिट सेवा पनि उपलब्ध गराएको छ ।

जापानमा नेपालीहरुको लगानीमा संचालित जेएमईले नेपालमा १० हजारभन्दा बढी एजेन्टहरुमार्फत भुक्तानी र नेपालका सबै बैंकहरुमार्फत रियल टाइम पेमेन्ट सुविधा समेत प्रदान गरिरहेको छ ।

जेएमई जापानका अध्यक्ष ओम गुरूङका अनुसार ग्राहकहरुको सुविधाका लागि अब मोबाइल एप लञ्च भैसकेको छ भने लसन बैंकसंग सहकार्य गरी डिपोजित कार्ड पनि बजारमा ल्याएको छ ।

जेएमई डिपोजित कार्ड अन्य कम्पनीहरुको जस्तो धेरै कार्ड बोक्न नपर्ने र एउटै कार्डबाट नै रकम पठाउन सकिने छ । यसका लागि एप मार्फत जहाँबाट जहिले पनि आफूले लुसनको एटीएममा गएर डिपोजित गर्न सकिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.