जन सरोकार

काठमाडौं आइपुग्यो तीनवटा नयाँ दमकल

काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाटअत्याधुनिक प्रविधिसहित तीन वटा दमकल नेपाल ल्याइएको छ । ती दमकल काठमाडौंका बालाजु, धर्मपथ न्यूरोड र बौद्धस्थित रामहिटिमा राखिनेछन् ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तीन हजार लिटर क्षमता भएको ती दमकलले १० तलासम्म आगो निभाउन सक्नेछन् ।

पिटिज्याक कम्पनीले निर्माण गरेको दमकल काठमाडौंसम्म ल्याइपुर्याउँदा दुई करोड ४० लाख रुपियाँ लागत परेको उहाँले जानकारी दिनुभयो ।

दमकल सञ्चालनमा आउन करिब १५ दिन लाग्नेछ भने इन्डोनेसियाबाट आउने प्राविधिकहरूले दमकल सञ्चालन गर्नेछन् । काठमाडौं आइपुगेको दमकल यसअघिका महानगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.