जन सरोकार

बोरिङ खन्ने क्रममा निस्कियो ग्यास र लेदो, ढाकियो वरपरका घर

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित जोरपाटी चोकमा एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको हो ।

मंगलबार विहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० घरमा लेदो माटोले ढाकिएको छ ।

जमिनमुनिबाट निस्केको लेदो माटो र ग्यासलाई हावाले उडाएर टाढा टाढासम्म पुर्‍याएको छ । त्यस क्षेत्र भएर हिँडडुल गर्ने सर्वसाधारण पनि समस्यामा परेका छन् ।

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.