राजनीति

सिंहदरबारमा प्रचण्ड-बाबुराम छलफल, सत्ता गठबन्धनमा कायमै रहेको दावी

लामो समयको अन्तरालपछि माओवादी सशस्त्र जनयुद्धका दुई सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको छ ।

जसपाबाट बाहिरिनुभएका डा. भट्टराईसंगको भेटपछि अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराई गठबन्धनबाट अलग नभएको पनि बताउनुभएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा मंगलबार अध्यक्ष प्रचण्ड र बाबुरामको भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले सो कुराको जानकारी दिनुभएको हो ।

प्रचण्ड र डा. भट्टराईबीच सिंहदरबारमा करिब एक घण्टा छलफल भएको थियो । छलफलपछि उहाँले भन्नुभयो बाबुरामजी जसपाबाट बाहिरिनुभएको हो सत्ता गठबन्धनमा उहाँ अझै हुनुहुन्छ ।

जसपाका पूर्व नेता भट्टराईलाई वीरगन्ज बसेको केन्द्रीय समिति बैठकमार्फत उपेन्द्र यादव समूहले निष्कासन गरेको थियो। त्यसपछि उहाँ फेरि नयाँ राजनीतिक दल खोल्ने अभियानमा अघि बढ्नुभएको छ ।

लामो समयपछि दुई नेताबी भएको छलफलमा माओवादी विचारधारका शक्तिबीच पुनः एकीकरण विषयमा पनि कुराकानी भएको प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.