राजनीति

काठमाडौं क्षेत्र नं .४ मा गगनलाई चुनौति दिंदै संचारकर्मी सूर्य चन्द

आगामी संसदीय निर्वाचनमा काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने अभियन्ता तथा पेशाकर्मीहरुको संख्या बढ्दो छ । यसै क्रममा काठमाडौं क्षेत्र नं ४ मा संचारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्दले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।

चन्द अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु संग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनाबी माहोल तयार पार्न ब्यस्त छन्। विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास भएका छन् ।

युवाहरु अबसरको खोजिमा छन्, रोजगारीको अवसरका लागि भौतारिरहेका छन् त्यसैले पनि हामि जस्ता सचेत युवाले राजनीति बिकृति र विसंगति बिरुद्द बुलन्द आवाज उठाउदैं आगामी हुन गइरहेको संघीय सांसदमा चुनाब लड्नु पर्ने बाध्यता रहेको चन्द बताउछन् ।

मुलुक रुपान्त्रणको लागि प्रमुख तीन एजेण्डा आबश्यक पर्छ। जसमा शिक्षा, स्वास्थ्य र आर्थिक सम्वृद्धिहरु नै तर यसलाई कसरि इम्प्लिमेण्ट गर्ने भन्ने गहन बिषय हो। गरिव र विपन्नका छोराछोरीले पढ्न पाउने सर्वसुलभ निःशुल्क गुणस्तरीय शिक्षा, निःशुल्क उपचार आफ्नो प्राथमिकतामा पर्दछन। ‘शिक्षा र स्वास्थ्य निःशुल्क दिनु राज्यको दायित्व हो तर भ्रष्टाचारि भएको मुलुकमा स्वतन्त्रा धेरै दिन टिक्दैन भने जस्तै हाम्रो पहिचाननै गुम्ने स्थितिमा मुलुकलाइ अहिलेका राजनीतिक दलहरुले पुर्याउन लागेको हुँदा पनि उनको उम्मेद्वारी सहि रहेको चन्द बताउँछन् ।

चन्दले स्वदेशमा उद्योगधन्दा सञ्चालन गरी रोजगारी सृजना गरेर विदेशिएका युवालाई स्वदेशमै रोजगारी दिएर आर्थिक सम्वृद्धिको ढोका खोल्ने बताए ।

मुलुकका हरेक ठाउँमा बिकृति र विसंगतिहरु मौलाएको र सडकदेखि सदनसम्म भ्रष्टाचारको जालो फैलिएको बताउँदै चन्दले नेपालमा कार्यपालिकादेखि न्यायपालिकासम्मले बिश्वास गुमाउँदै गएको र समाजमा बढ्दो विकृति, विसंगति, भ्रष्टाचार विरुद्ध बोल्न कुनै डर नरहेको बताउँछन् ।

चन्द आफ्नो उम्मेदवारी राजनीतिमा देखिएको फोहोर सफा गर्नका लागि निष्ठाको उम्मेदवारी भएको दावी गर्दै देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहोरी खेलको सफाइ गर्नुपर्ने बताउँछन् ।

लामो समय देखि रंगपत्रकरितामा आबद्ध रहेर कलाकारिता समेत गर्दै आएका चन्द समाजसेवामा पनि अग्रणी भूमिका निर्बाह गर्दै आएका व्यक्तित्व हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.