जापान

जापानसँग सम्बन्ध सुधार गर्ने दक्षिण कोरियाकाे चाहना

दक्षिण कोरियाले जापानसँग सम्बन्ध सुधार गर्न चाहेको बताएको छ । दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिनले जापानका प्रधानमन्त्री फुमियो किशिदालाई आज भेटेर राष्ट्रपति युन सुक्योलको उक्त चाहना व्यक्त गरेका हुन् ।

जापानी प्रधानमन्त्री र दक्षिण कोरियाली विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको तथा द्विपक्षीय सम्बन्धलाई सुधार्ने प्रयास गरिएको विदेशमन्त्री पार्कले पत्रकारहरूलाई बताए । युद्धकालका श्रम र यौन दासत्वका साथै व्यापारका विषयमा पनि आफूहरूबीच छलफल भएको उनले जनाए ।

सोमबार पार्कले जापानी विदेशमन्त्री योशिमासा हयाशीसँगको भेटवार्तामा सम्बन्ध पुनःस्थापनामा जोड दिएका थिए । सन् १९१०–१९४५ मा कोरियाली प्रायद्वीपमा जापानको आधिपत्य रहेका बेला श्रम गर्न बाध्य भएका कोरियालीहरूसँग सम्बन्धित मुद्दाहरूको शीघ्र समाधानका निम्ति दुवै पक्षले सहमति जनाएका थिए ।

दोस्रो विश्वयुद्धमा जापानी सेनाले कोरियालीसहित अन्य एसियाली देशका हजारौं केटी र महिलालाई अपहरण गरेर यौनदासी बनाएका थिए । यौन दासत्व स्वीकार गर्न बाध्य भएका महिलाले न्याय पाउनुपर्नेमा कोरियाले जोड दिँदै आएको छ । कैयौँ यौनदासीको न्याय नपाइ मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.