राजनीति

एपिएफ र एसएसबीको सहमतिपछि हट्यो दशगजाको चेकपोष्ट

कोरोना संक्रमणको अवधिमा भारतले कपिलवस्तुको कृष्णनगर नगरपालिकाको कृष्णनगर बढ्नी सीमाको दशगजा क्षेत्र अतिक्रमण गरेर बनाएको अस्थायी चेकपोष्ट हटाएको छ ।

यसै गरी नाकाको दुई नम्बर यात्रु गेटमा नेपाल भारत आवतजावत नियन्त्रण गर्न भारतीय पक्षले एकतर्फी रुपमा लगाएको ८० मिटर काँडेतारसमेत हटाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओली र एसएसबी ५० बी एनई कम्पनी बलरामपुरका कमाण्डेड अशोक विश्वासबीच छलफलपछि दशगजा क्षेत्र खाली गर्ने सहमति भएको हो ।

सहमति अनुसार भारतीय पक्षले दशगजा क्षेत्रमा रहेको चेकपोष्ट आफ्नो भूमिमा स्थानान्तरण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ का प्रमुख ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.