जन सरोकार

महानगरमा एक वडा- एक नमूना विद्यालय कार्यक्रम

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्वाचनकै बेला काठमाडौंका सामुदायिक विद्यालयहरुको गुणस्तर विकास गर्ने प्रतिबद्धता जनाउनुभए अनुसार उहाँ सामुदायिक विद्यालयको आकस्मिक निरीक्षणमा निस्कनुभएको छ ।

मेयर साह केही दिन यता विभिन्न विद्यालयमा पुगी विद्यार्थीहरुसंगै कक्षाकोठामाा बसेर अध्यापनको गुणस्तर बुझ्नेदेखि विद्यालयको भौतिक पूर्वाधारका अवस्थाको जानकारी लिन थाल्नुभएको छ ।

यसै क्रममा काठमाडौँ महानगरपालिकाले एक वडा : एक नमूना कार्यक्रम अन्तर्गत छनोट गरिएका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयलाई कुनै एक विषयको केन्द्र (हब) बनाउन थालेको छ ।

दुई वर्षअघि सञ्चालित नमूना विद्यालय कार्यक्रमका लागि महानगरपालिकाले प्रत्येक वडाबाट छनोट भएका कूल ३२ सामुदायिक विद्यालयलाई प्रतिविद्यालय रु रु दुई लाखका दरले वार्षिक अनुदान दिएको छ भने उक्त अनुदान बढाउँदै लाने योजना बनाएको छ ।

काठमाडौँ महानगरपालिका—२९ स्थित नमूना छनोट भएको विजय स्मारक माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रममा महानगरका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले नमूना विद्यालयबाट अन्य विद्यालयले असल अभ्यास र प्रयोग सिकेर शैक्षिक उपलब्धि बढाउन सक्ने बताउनुभयो ।

महानगरले विजय स्मारक माविलाई शैक्षणिक योजना, वार्षिक कार्यतालिका, एकाइ पाठयोजना, दैनिक पाठयोजना, एकीकृत पाठ्यक्रम, मूल्याङ्कन पद्धति, शिक्षक सुधार योजनालगायतका विषयमा हब बनाउने नीति लिएको छ ।

सो विद्यालयका शिक्षक सुलोना केसी र सुनिता लामाले ती विषयमा विद्यालयबाट आधारभूत तहमा भइरहेका शैक्षिक सुधारका क्रियाकलापबारे सहभागी अन्य विद्यालयका शिक्षकलाई अवगत गराउनुभयो ।

त्यस्तै विज्ञ प्रस्तोताका रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव बोधराज निरौलाले शैक्षिक उपलब्धि सुधारका उपायबारे प्रशिक्षण दिनुभएको विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले जानकारी दिनुभयो । स्थानीय ज्ञान विकास आवासीय विद्यालयका तर्फबाट पनि प्रस्तुतीकरण गराइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.