जन सरोकारस्वास्थ्य

एकाएक बढ्यो संक्रमितको संख्या- नाघ्यो तीन हजार

मुलुकमा कोरोना संक्रमण एकाएक बढ्न थालेको छ । मंगलबार सार्वजनिक भएको पछिल्लो २४ घण्टाको विवरण अनुसार तीन हजार एकसय आठ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा २५ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यसबीचमा १ हजार ५९५ जना निको भएका छन् ।

मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ । तीमध्ये ९ हजार ६०७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ जना रहेका छन् । जसमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५९२ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५३१, मोरङमा २५२, झापामा १७८, सुनसरीमा १६५, ललितपुरमा १४७, कास्कीमा १२६ र चितवनमा १२५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै मकवानपुरमा ६८, नवलपरासी पूर्वमा ६१, कैलालीमा ४५, धादिङमा ४४, भक्तपुरमा ४१, रुपन्देहीमा ३७, पाल्पामा ३२, बागलुङमा २७, दोलखामा २३, काभ्रे र सुर्खेतमा २२/२२ जना कोरोना संक्रमित थपिएका छन् ।

सप्तरीमा १७, बारामा १६, तनहुँ र स्याङजामा १४/१४ जना, रामेछाप, पर्वत र दाङमा १२/१२ जना, नुवाकोटमा ११ र तेह्रथुममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्षम मुनिका ७१ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि १७४ जना कोरोना सक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.