जन सरोकार

साउन ९ गते सोमबार एसईईको नतिजा प्रकाशन हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन ९ गते सोमबार प्रकाशन गर्ने जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरेकाले सोमबार प्रकाशन गर्ने जानकारी दिनुभयो ।

उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम सकिने क्रममा रहेको बोर्डले जनाएको छ ।

प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ । दुई हजार सात परीक्षा केन्द्रबाट चार लाख ८८ हजार ७४२ परीक्षार्थीले परीक्षा दिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.