विश्व समाचार

रूस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन सहमत

रूस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार तेहरानमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसीबीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ ।

दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा प्रवद्र्धनका साथै आपसी सहयोग र सम्बन्ध विस्तार, औद्योगिक विकास तथा संयुक्त लगानीबारे पनि विचारविमर्श भएको थियो ।

सिरियामा आतङ्कवादविरुद्ध सामूहिक रुपमा गरिएको सघङ्र्षबारे पनि कुराकानी भएको थियो । आगामी दिनमा पनि दुवै नेताले आपसी हितका साथै साझा चासोका विषयमा मिलेर अघि बढ्न सहमति जनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.