जापान

आबेको सम्झना गर्दै बौद्धमा शोकसभा (तस्वीरहरुसहित)

जापानमा सबैभन्दा लामो समयसम्म शासन गर्नुभएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको सम्झनामा विश्वसम्पदा सूचीमा रहेको काठमाडौंको बौद्धनाथ स्तुप परिसरमा शोकसभा गरिएको छ ।

एक मिनेट मौनधारणबाट सुरु गरिएको शोकसभामा दस मिनेटसम्म दिप प्रज्वलन गरिनुका साथै आबेको तस्बिरमा माल्यार्पण गरेर बौद्धनाथ स्तुपको परिक्रमा गरिएको थियो ।

सभामा पूर्व मन्त्री कमल चौलागाईं, जापानका लागि नेपालका पूर्व राजदूत गणेश योञ्जन, बौद्धनाथ क्षेत्र विकास कोषका अध्यक्ष राजकुमार लामा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत को उपस्थिति रहेको थियो ।

त्यसै गरी कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष वीरबहादुर लामा, प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल र उपप्रशासकिय अधिकृत रामशरण बोहरा, बौद्ध तामाङ कल्याण गुठिका अध्यक्ष खड्कजी लगायत लामाको उपस्थिति रहेको थियो ।

जापानी सुचना केन्द्र नेपाल, बौद्धनाथ क्षेत्र विकास समिति, सामुदायिक सेवा केन्द्र तथा प्रहरी केन्द्र सेवा, महिला वातावरण समूह, छोरङान महिला समाजलगायत विभिन्न संघ संस्थाको सहकार्यमा मंगलबार बेलुका ५ बजेदेखि ६ बजेसम्म सो कार्यक्रम सञ्चालन गरिएको हो ।

पूर्व प्रधानमन्त्री आबेमाथि गत असार २४ गते जापानको पश्चिमी शहर नारामा आयोजित एक चुनावी अभियान भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेका थिए । उहाँको उपचारका क्रममा सोही दिन निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.