अर्थ

विदेश जानेका लागि जम्मा २ सय डलर मात्र सटही हुने

मुलुकमा विदेशी मुद्राको संचिति घट्दै गएपछि विदेश जाने नेपालीहरुका लागि डलर सटही सुविधामा ठूलो मात्रामा कटौती भएको छ ।

डलर

नेपाल राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै अब विदेश घुम्न जाने नेपाली नागरिकलाई मात्र २०० डलरमात्र सटही सुविधा पाउने जनाएको छ ।

राष्ट्र बैंकले मनिचेन्जरले विदेश भ्रमणमा जाने नेपालीलाई एक राहदानीवापत अधिकतम २०० अमेरिकी डलरसम्म सटही सुविधा दिनसक्ने जनाएको छ ।

विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैंकले सटही सुविधा एक राहदानीवापत १५ सय डलरसम्म सटही सुविधालाई घटाएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.