शिक्षा मन्त्रालयको विज्ञप्ति नै सिकाइको स्रोत बनेपछि…
मुलुकको शिक्षा विकासको जिम्मेवारी लिएको शिक्षा मन्त्रालयले जारी गर्ने सूचना, विज्ञप्ति र निर्देशनहरुको भाषाहरु पूर्णतः शुद्ध हुनुपर्छ ।किन भने मन्त्रालय शैक्षिक गतिविधिको नीति निर्माण गर्ने, योजना बनाउने र कार्यान्वयन गर्ने निकाय भएकाले यसले प्रयोग गर्ने भाषा मानक बन्नसक्छ ।

मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुले भाषाको शुद्धता र व्याकरणीय एकरुपताका लागि सजग हुनुपर्नेमा मन्त्रालयको विद्यालयहरुलाई दिएको निर्देशनमै यति धेरै अशुद्ध छ कि त्यस्तो विज्ञप्ति नै अन्ततः आफ्ना बालबालिकालाई सिकाइको माध्यम बन्यो ।
एउटै शब्द कतै ह्रस्व, कतै दीर्घ, कतै जोडेर, कतै छुटाएर लेख्नुका साथै अक्षरहरुको तालमेल समेत मिलाइएको छैन । यहाँ विज्ञप्तिका केही सामान्य गल्तीहरुलाई चिनो लगाएर राखिएको छ ।
हेर्नुहोस् मन्त्रालयको सो विज्ञप्ति जो नेपाली भाषाका विद्यार्थीहरुलाई सिकाइ स्रोत बनेको छ ।