बिचार

ओलीको “कीर्तिमानी सफलता”को कथा

तारा सुवेदी

नेपालको शासन सत्ता साढे तीन वर्षभन्दा चानचुुन बढी नै अविच्छिन्न हाँके पनि जुुध्दशमशेरपछि कम्तिमा पाँच वर्षसम्म लगातार राजकाज गर्ने प्रधानमन्त्रीको कीर्तिमान कायम गर्ने मनसुुवा वालुुवाटारमै समाधिस्थ गरेर वडा “समय विजयी” शैलीको तामझाम सहित के.पी ओली “भूूतपूूर्व प्रधानमन्त्री”को विल्ला भिरेर ३० असार २०७८ मा वालकोट पुुगे । यद्यपि वालुुवाटार दरवार निर्माण गर्ने गराउने पञ्च प्रधानमन्त्री समेतको गणना गर्दा झण्डै एक दर्जनभन्दा बढीले दोहोर्याइ तेहर्याइ गरेको प्रवेशलाई छुुट्टाछुुट्टै हिसाब गर्ने हो भने दुुई ढाई दर्जनपटक प्र.म.हरुले बालुुवाटार दरवार पसेको र निस्केको त्यहीका घर छिमेकीहरुले देखे । गैरबालुुवाटारे नेपालीले पनि सुने जानेकै थिए ।

तथापि के.पी ओलीले “महाभारतकै युुध्द्ध” जितेर फर्के जस्तो गरी आसे, पासे, भजनेहरुको भीड अगाडि पछाडि लगाएर वालुवाटारबाट जुन निस्के आजसम्मको सायद त्यो नै पहिलो दृश्य थियो होला । हरेक कामकुुरा बोलीचाली भाषाशैलीका दृष्टिले जे जस्तो आफ्नो मौलिक भनौँ वा फरक स्वभाव देखाएर गए– बालुुवाटारभित्र साढे तीन वर्षसम्म बसेर देशको राजकाज हाँक्दा पनि आफ्नो त्यस्तै उट्पट्याङ चरित्र र परिचय दिएकै थिए । “उखान टुुक्के” प्रधानमन्त्रीको रुपमा आफूलाई स्थापित गर्न सफल भएकै थिए ।

तर के.पी ओली जसलाई कतिपय मित्रहरुले खड्गप्रसाद नभनी खड्ग शमशेरभन्दा रहेछन्ले खाली यसपटकको साढे तीन वर्षको कार्यकालमा जे गरे त्यसलाई दुुई भागमा छुुट्टाएर पूूर्वाध्द्ध र उर्ताध्द्धको रुपमा मूल्यांकन नगर्ने हो भने अपूर्ण, अन्यायपूूर्ण र उनीमाथिमात्र नभई भावी पुुस्तालाई पनि झुठो बोलेको, बेइमानी गरेको ठहरिने छ । त्यसरी दुुई पार्टीमा यस कारण पनि छुुट्याएर हेर्नुपर्ने हुन्छ । किनकि उनले साढे तीन वर्ष राम्रारी प्रसंशनीय काम मात्र गरेका थिए भनेर भनिदिँदा महेश बस्नेत, गोकुुल बास्कोटा र सक्कली नामले भन्दा “माइकालाल” भनेर आफूूलाई चिनाउन सफल लगायतहरुको पंक्तिमा उभ्याएर आमपाठकबाट दुुत्कारिने निश्चित छ, र त्यस्तो ठम्याइनै गलत हुुनेछ ।

त्यस्तै उनले “पूरै साढे तीन वर्ष खाली बेइमानी गरे, विचौलियाबाट घेरिएर, दर्जनौँ कहालीलाग्दा अनुुचित र भ्रष्टाचारजन्य काम कुुरा मात्र गरे । आफूू गणतन्त्र ल्याउने मुुख्य काल खण्ड (०६०–६२–६३) को संघर्षकालमा नदारत देखिए पनि झण्डै दुई तिहाई सांसदहरुको साथ, सहयोग, समर्थन, संहित गणतान्त्रिक शासनसत्ता कालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाइदिने आफ्ना समकक्षी प्रचण्ड–माधव नेपालहरुलाई कसरी लखेटेर सत्ताको नजीनबाट भित्ता लगाउने भन्ने षडयन्त्र जालझेलको खेल खेलेर बुनेर आफ्ना “काकसहरु”बीच रमाएरै मात्रै बसे” भन्नु पनि बेइमानी पूर्ण र वेठीक हेराईए, ठम्याइने ठहरिने छ ।

इमान्दारितापूर्वक छातीमा हात राखेर भन्नपर्ने वा नलेखी धर नपाउने सत्य कुरा के हो भने केपी ओलीले पहिलो प्रधानमन्त्रित्वकालमा दक्षिणी छिमेकी मुलूकले जसरी नेपालमाथि नाकावन्दीकै माध्यमबाट (नेपाललाई) घुँडा टेकाउने सोचेर अगाडि बढेको थियो । त्यसरी नै “हामीलाई तिमीले नाकावन्दी गरी दिए पनि साथ सहयोग र संकटमोचन गर्ने मित्र अर्को छ “भनेर दक्षिणी छिमेकीलाई “ठिङ्गा देखाउँदै” उत्तर फर्केर पारवहनका बाटा खोलाउने जुन राष्ट्रिय स्वाधीनतावादी– (यहाँ सबैले प्रयोग गर्ने “राष्ट्रवादी” शब्द यसकारण प्रयोग गर्नु उपयुक्त लाग्दैन । किनभने पंचायती कुण्डले मण्डलेहरुले त्यो शब्दलाई नै तिनैको परिचायक (व्राण्ड)सँग जोडेर वदनाम गरिदिएका थिए ।) –पहिचान नदिएका थिए । त्यो कामलाई आजपनि जनताले स्यावासी दिएकै हुन् ।

त्यस बाहेक दोस्रो पटक प्रधानमन्त्ती भएलगत्तै चीनसँग ओवीआरआई सम्बन्धी प्रोटोकलमा दस्तखत गर्ने, घरघरमा ग्याँस लाइन पाइन पु¥याउने, रसुवागढी र रक्सौल दुवैतिरबाट काठमाडौंसम्म रेल ल्याउने, कोशी, गण्डकीमा पानी जहाज चलाउने “समृध्द नेपाल सुखी नेपाली बनाउने”देखि कालापानी उसपारको लिपुलेक लिम्पियाधुरा समेत समेटेर नेपालको नयाँ चुच्चे नक्शा संसदबाट सर्वसम्मति (सरिता गिरि बाहेक) बाट पारित गराउनेसम्मका जे जति काम भए ती गतिलै काम थिए । त्यसवापत उनलाई स्यावासी दिनैपर्छ । भलै ती सबै रेकर्ड (अभिलेख) मा मात्रै सीमित रहने र “ओलीका कथा गाथाको गुणानु वर्णन गरेर, आउने निर्वाचनमा जाने”वाहेक कुनै थप अर्थ प्रयोजनका नहोउन् ।

थप उपलब्धिको फेहरिस्त

तर उनले देश र जनतलाई उल्लेख्य र वस्तुनिष्ठ भन्न देखाउनसक्ने काम के कति गरेछन्, भएछन् भनेर आज पनि राष्ट्र सेवामा रहेका सिंहदरबार भित्रका मित्रहरुसँग बुझ्न जाँदा जे पाएँ, आशा भरोसा र विश्वास गर्नेभन्दा अपत्यारिला र निराशा जगाउने, आश्चर्यलाग्दा जानकारीको भारी मन मथिङ्गल भरी बोकाएर पठाए, पुराना सहकारी र अहिले उच्च पदस्थ भई सकेका मित्रहरुले तातो फिका चिया खुवाउँदै ।

त्यसरी मैले कम महत्वका (लो–प्रोफालयका) मानिने विभाग र मन्त्रालयदेखि उच्चतम महत्वपूर्ण ठानिए मानिएको “प्रधानमन्त्रीको कार्यालय सम्म पुग्दा पाएका सूचनाबाट अनुभव गरेका कुरा मात्र सार संक्षेपमा उल्लेख गरौं ।

यो साढे तीन वर्ष कार्यकालभरी कतिपय मन्त्रीहरुले मन्त्रिपरिषद्को बैठकमा बाहेक आफ्नो मन्त्रालय सम्बन्धी कामको लागि बढीमा ३–४ पटकमात्र प्रमसँग भेट गर्न पाएको, सचिव विभागीय प्रमुखहरुलाई बालुवाटार प्र.मं. निवासभित्रका विभिन्न नामका, अनुभव र ल्याकत शून्यप्राय तथाकथित सल्लाहकारहरुले प्रमकै तर्फबाट भनेर आदेश निर्देशन दिने गरेको मात्र होइन, हप्काउने र नसीहत दिने गरिएको सुने ।

त्यतिमात्र होइन । बाहिर संचार माध्यम र सडकसम्म हल्ला भएका बाहेक कैयन् माफियाहरुले बालुवाटारभित्रै सम्पूर्ण विधि, प्रकृया पुरा गरी अभिलेख राख्ने प्रयोजनका लागि महिनौँपछि संबन्धित मन्त्रालयमा “अति गोप्य” छाप लगाई फायल पठाउने गरेका रहेछन् । त्यसैले बाहिर संचार माध्यमहरु र सडकबाट आफ्नो मन्त्रालय विभागबाट भएका काम थाहा पाउने र महिनौं पछि फायल आउने पनि गरेको रहेछ । कतिपय फायल बालुवाटार भित्रैबाट उठ्ने र मन्त्री सचिवलाई सँगै वालुवाटारमा बोलाएर सल्लाहकार निजी सचिवालयले मन्त्री सचिवको राय लेखिदिएकोमा उनीहरुले दस्तखत गर्नु परेको धेरै पीडादायी घटना पनि सुनियो ।

त्यो आन्तरिक काम कुराका “लम्बेतान फेहरिस्त” सुनाएपछि उनीहरुको समग्र दृष्टिमा ओली सरकारको एउटा अंग र सिङ्गो निजामती संयन्त्रको रुपमा रहेर मूल्यांकन गर्नुपर्दा कसरी गर्नुपर्दछ ? भनेर सोध्दा एक उच्च पदमा पुगेका मित्रले भने “ओली शासनकालमा निजामती संयन्त्र– जसलाई स्थायी सरकार पनि भनिन्छ, मानिन्छ– का सम्पूर्ण मूल्य, मान्यता, विधि–पद्धति, अस्तित्व मटियामेट भयो । माफिया, विचौलिया (दलाल) कमिशन एजेण्टहरुकै पूरा वोलवाला रह्यो । कतिपय मालदार मन्त्रालय विभाग, कोष (ट्रस्ट)हरुका प्रमुखहरुलाई उनीहरुकै ठाडो आदेश निर्देशनमा काम गर्नु पर्ने बाध्यता थियो । यहाँहरुले त गोकर्ण रिसोर्ट, ओम्नी ग्रूप, हिमालयन एयर, भट्ट बन्धुहरु, केही मेडिकल कलेज, विद्युतीय भेहिकल्सवाला र निर्माण व्यवसायी यातायात व्यवसायीहरुले सरकार चलाएको देख्नु सुन्नु भएको छ ।”

“तर कतिपय प्रकाशमा नाम नआए नसुनिएका गुप्तवासमा बस्ने देखि नेपालको सूक्ष्म व्यवस्थापन (माइव्रmो म्यानेजमेण्ट) सम्ममा हस्तक्षेपकारी भूमिका खेल्ने व्यक्तिदेखि शक्तिकेन्द्रहरुको दवाव र प्रभाव हेर्दा नेपालमा सीमान्तीकृत, शोषित पीडित, निः सहाय नेपालीको पक्षमा बोल्ने लेख्ने पनि यहाँहरु जस्ता स्वतन्त्र पत्रकार बाहेक कोहि छैन भन्ने लाग्छ ।”

“इमान्दारीपूर्वक छातीमा हात राखेर भनौं– भरखरै सिंहदरबार र बालुवाटारबाट बाहिरिएका के.पी. ओली नेतृत्वको सरकार र पार्टी (एमाले)का दृष्टिमा नेपाली जनता भनेका ओलीका फोटो बोक्ने, पुज्ने कार्यकर्ता, उनले भर पत्यार गर्न लायक ठह¥याएका मान्छे, माफिया, विचौलिया, सिण्डिकेटका अगुवाहरु, उनका काम तत्काल फत्ते गर्ने “काकस” ग्रूप र आफ्ने पार्टी भित्र पनि वहाँका विश्वासपात्र त्यस्तै (अनौपचारिक र नाम प्रकाशित नगर्दा वेश हुने भनिएका) एम वस्नेत, के.जी. श्रेष्ठ, के.आर अधिकारी, एस् वी. तामाङ्ग र नव आगन्तुक आर.वी थापा, एल.आर भट्ट, आदि नै हुन्, क्यार!” उनले धारावाहिक रुपमा भन्दै गए । उनी थप कुरा गर्ने मूडमा थिए । तर उनको कार्यालयका सहयोगीलाई ढोका बन्द गर्न हतार भएको बुझेर “पछि थप कुरा गरौं है !” भन्दै निस्कें ।

यसपटक तिनै “हलुका उखान टुक्का नहाली आकाशे र अधुँरा मात्र नभई कामै नभएका योजनाहरुका उद्घाटन र शिलान्यास गर्ने र काकस गू्रपलाई लुटको छूट दिएर नै “समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिन्छ” भन्ने नीति बनाएका “गुण्डाराज” का अधिशासकको राज्यकालको “कीर्तिमानी र विश्व नै चकित भएको” उपलब्धी सफलताको कथा गाथा जुन देख्न सुन्न पाएँ । त्यस्ता एकातिर साथीहरुले असहयोग गरेकोले केही काम गर्न नपाएको भन्ने अर्काेतिर विश्वमा नै कीर्तिमानी सफलता हासील गरेको विरोधाभासीको सफलता बारे यत्ति !

(युगसम्वाद साप्ताहिकबाट)

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button