जन सरोकार

परम्परागत आरन व्यवसायीलाई आधुनिक औजार

तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीलाई आधुनिक औजार तथा उपकरण प्रदान गरेको छ । आरन व्यवसाय लोप हुँदै जाने अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले त्यसको आधुनिकीकरणको लागि आरन व्यवसायीलाई विभिन्न औँजार तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो ।

कृषि क्षेत्रसँग प्रत्यक्षसम्बन्ध राख्ने आरन व्यवसायलाई समयसापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले विभिन्न औँजार तथा उपकरण उपलब्ध गराएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो । नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा आज आठ जना आरन व्यवसायीलाई आँैजार तथा उपकरण प्रदान गरेको हो ।

त्यसअवसरमा नगर उपप्रमुख चौधरीले प्राप्त उपकरणको उपयोग गरी आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । व्यवसायीको मागको आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरुको उत्थान, विकास र सशक्तीकरणका अन्य कार्यक्रम सञ्चालन गरिने प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । उहाँले परम्परागत पेशाको संरक्षणसँगै यो व्यवसायबाट पनि पर्याप्त आयआर्जन गर्न सकिने हुँदा यहाँका आरन व्यवसायीलाई नमूनाको रुपमा अघि बढाउन चाहेको बताउनुभयो ।

नगरपालिकाले व्यवसायीलाई ड्रिल मेसिन, पङ्खा, बेल्डिङ मेसिन, ग्लेन्डरलगायतका औँजार प्रदान गरेको हो । पूर्खौंदेखि आरनको काम गर्दै आए पनि हालसम्म राज्यस्तरबाट कुनै पनि सहयोग प्राप्त नभएको अवस्थामा अहिले नगरपालिकाले आँैजार तथा उपकरण प्रदान गर्दा आफूहरु निकै उत्साहित भएको वडा नं ११ का कृष्णबहादुर विश्वकर्माले बताउनुभयो ।

कार्यपालिका सदस्य एचवी रम्तेलले आधुनिक उपकरण नहुँदा आरन व्यवसाय सङुकटमा पर्दै गएको पाइएपछि युवालाई यो पेशामा आकर्षण बढाउन नगरपालिकाले उपकरणमा सहयोग गरेको बताउनुभयो । एक दशकअघिसम्म प्रायः गाउँमा रहेका आरन व्यवसायी पछिल्लो पटक घट्दै गएका छन् । तिलोत्तमा नगरपालिकामा हाल २० जना आरन व्यवसायमा लागेको अनुमान छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.