प्रबास

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाको अनशन

बेलायती सरह समान पेन्सन लगायतका सुविधाहरुको माग गर्दै दशक अघिदेखि आन्दोलनरत गोर्खा पूर्व सैनिकहरुले नयाँ चरणको आन्दोलन सुरु गरेका छन् । बुधबार दिउँसोदेखि लण्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन सुरु गरेका छन् ।

आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले अनरिले अनसन ग सुरु गरेको हो । संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईका अनुसार सुरुमा १३ जना भिसीको नाममा १३ दिने रिले अनशन र त्यसपछि भोक हड्ताल गरिने छ ।

यसअघि नेपाल सरकारले समितिलाई पत्र पठाउँदै गोर्खा मुद्दा समाधानका लागि बेलायत सरकारसँग प्रत्यक्ष रूपमा वार्ता गर्न पहल गरिरहेको जानकारी दिएपछि समितिले जुलाई १ देखि गर्ने तय गरेको आमरण अनशन तीन साता स्थगन गरेको थियो ।

समितिले आफ्ना मागप्रति बेलायतले वास्ता नगरेको भन्दै अनशनको तयारी गरिरहँदा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) र ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस)ले भने विज्ञप्ति जारी गर्दै अनशनको सट्टा वार्ताबाटै समस्या समाधान गर्न जोड दिएका छन् ।

गत आइतबार लण्डनइस्थित नेपाली दूतावासमा गोर्खा मुद्दाबारे छलफल हुँदा राजदूत लोकदर्शन रेग्मीले समस्या समाधानका लागि नेपाल सरकारले पहल गरिरहेको जनाउँदै अनशन नबस्न सुझाएका र अन्य सहभागीले समेत त्यो उचित विकल्प नभएको बताएका थिए ।

संयोजक राईले भने गेसोको एउटा समूहबाहेक सबै ५ गोर्खा संगठन एकै ठाउँमा रहेको बताउँदे तीन दशकभन्दभा बढी समयदेखि संघर्ष गरिरहँदा अब कति कुर्ने भन्दै प्रश्न उठाउनुभएको छ । आन्दोलनकारीहरुले अबको आन्दोलन निर्णायक हुने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.