जल/वातावरण

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

मनसुनी प्रणाली विहीबार थप सक्रिय बन्ने भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा भन्दा उत्तरतिर अवस्थित रहेकोले मनसुन थप सक्रिय बन्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विहीबार विहानै देखि देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यता शुक्रबार देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.