राजनीति

संसदीय छानबिन समितिमा शर्माको बयान- ‘देशलाई घात हुने काम गरेको छैन’

आर्थिक वर्ष २०७९।०८० को बजेटमा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर करका दरमा हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबिनको घेरामा पर्नुभएका तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले देशलाई घात हुने काम नगरेको दावी गर्नुभएको छ ।

बिहिबार छानबिन समितिमा बयान दिंदै शर्माले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी गर्नुभएको हो ।

शर्माले बयानका क्रममा नियम कानुन र तोकिएको मापदण्ड अनुसर नै करका दर हेरफेर भएको जिकिर गर्दै कुनै व्यक्तिको विवेक अनुसर करका दर तलमाथि नभएको दावी गर्नुभएको हो ।

उहाँले करको दर हेरफेरले बाहिर आए जस्तो नेपाली उद्योग नै बन्द हुने अवस्था नरहेको र नयाँ बजेट उत्पादन, रोजगारी र आत्मनिर्भरतिर जाने किसिमको रहेको समेत दावी गर्नुभएको छ ।

शर्मामाथि छानबिनका लागि गठन भएको समितिले शर्मालाई समितिमा बोलाएको थियो । बयानका क्रममा उहाँले बजेट निर्माणका क्रममा को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुने र सुरक्षाकर्मी, मर्यादापलक हुने भएकाले बाहिरको मान्छे पस्ने कुनै सम्भावना नभएको र पसेको भए थाहा हुने बताउनुभयो ।

सिसीटिभी फुटेजका विषयमा शर्माले सिीटिभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई जानकारी बताउँदै भन्नुभयो भिडियो कहिले सम्म रहन्छ के हुन्छ त्योबारे मलाई केही जानकारी थिएन ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.