कला/मनोरन्जनकलिउड

वातावरण विनाशप्रति चिन्तित नायक खड्का, जन्मदिनमा वृक्षरोपण

नेपाली चलचित्रका उदयीमान नायक अभिनेता पुष्प खडका जलवायु परिवर्तनका कारण विग्रदो विनाशप्रति चिन्ता व्यक्त गर्दै आफ्नो जन्मदिनको सुरुवात वृक्षरोपणबाट गरेका छन् ।

खड्काले आज (साउन ५ गते) आफ्नो जन्मदिनको उपलक्ष्यमा काठमाडौको शंखमुलस्थित सत्य साई वाग्मती पार्कमा स्वामीको बिरुवा रोप्दै जन्मदिनको शुरुवात गरेका हुन् ।

अहिले वातावरणिय प्रभावले जलबायु परिवर्तनका कारण् मानव जीवनमा असर पर्दै गएको बताउँदै खड्काले वातावरण संरक्षणमा योगदानदिन आफूले बिरुवा रोपेको बताए ।

चलचित्र निर्माता तथा वाग्मती सफाई अभियन्ता चक्रबबहादुर चन्दको संयोजनमाा भएको सो कार्यक्रमपछि नायक खड्काले असहायलाई खाना समेत खुवाएका थिए ।

वृक्षरोपण लगत्तै उनले करीब २०० जना असहाय नागरिकलाई खाना खुवाउने कार्यक्रममा सरिक भै केहीबेर उनीहरुलाई खाना दिने सेवा समेत गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.