राजनीति

राप्रपामा पार्टी छाडेर जान लागेकाहरु समेटेर ४९ जना केन्द्रीय सदस्य थप

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिमा ४९ जना मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आज ४९ जनालाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको हो ।

यसअघि यसअघि राप्रपा छोडेर राप्रपा नेपालमा गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ पनि राप्रपा फर्केसंगै केन्द्रीय सदस्यमा मनानित हुनुभएको छ ।

त्यसै गरी पूर्वमन्त्रीहरु जगत गौचन र रामचन्द्र राय पनि राप्रपाको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । उहाँहरु पार्टीको महाधिवेशनमा उपाध्यक्षमा लडेर पराजित हुनुभएको थियो ।

मनोनित केन्द्रीय सदस्यमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित दिपक बहादुर सिंह, शिवराज नगरपालिकाका मेयर अजय थापा, रामग्राम नगरपालिकाका उपमेयर सम्झना चौधरी रहनुभएका छ ।

त्यसै गरी पूर्वसचिवद्वय केदारवहादुर अधिकारी र केदार न्यौपाने र राजाराम श्रेष्ठ, परशुराम तामाङ, रामशरण पाठक, जयलाल पुन लगायत हुनुहुन्छ ।

राप्रपामा २ सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ । अझै केही केन्द्रीय सदस्यहरु रिक्त छन् । पार्टीमा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केही नेताहरु राप्रपा नेपालतिर लागेसँगै अध्यक्ष लिङदेनले केन्द्रीय समिति विस्तार गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.