प्रबास

युएईमा अलपत्र नवलपुरका डिलबहादुरको उद्धार

वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा अलपत्र पर्नुभएका नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय डिलबहादुर विकको उद्धार गरिएको छ ।

कोभिड–१९ का कारण विक कार्यरत कम्पनी बन्द भएपछि एक वर्षदेखि दुबईमा अलपत्र हुनुहुन्थ्यो । उहाँलाई नेपाल फर्काउन दुबईमा सक्रिय विभिन्न नेपाली संघसंस्थाले आर्थिक संकलन सुरु गरेका थिए ।

उहाँलाई घर फर्काउन आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिबाट सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।

आप्रवासी कामदार हकहित संरक्षण मञ्चका कोषाध्यक्ष कल्पना श्रेष्ठ क्षेत्रीले नगरपालिका, वडा, अरुणखोलावासीलगायतबाट रकम सङ्कलन भएको बताउनुभयो ।

दुबईस्थित नेपाली दूतावाससँगको समन्वयमा विकलाई नेपाल फर्काइएको सुरक्षित आप्रवासन स्रोत केन्द्रका परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.