जन सरोकारस्वास्थ्य

आज थपिए ४ सय ३५ जना नयाँ सङ्क्रमित

नेपालमा कोरोना भाइरस ओमिक्रोनको नयाँ भेरियन्ट बीए ५ को संक्रमण फैलिएको र नेपालमा चौथो लहर सुरु भएको पुष्टि भएसंगै दैनिक सङ्क्रमितको संख्या बढ्दै गएको छ ।

यसै क्रममाा बिहिबार ४ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५३७ रहेका छन् । विगत २४ घण्टामा ५६ जना सङ्क्रमणमुक्त भएका छन् । काठमाडौँ जिल्लामा ५०० बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । आठ जिल्लामा शून्य सङ्क्रमित रहेका छन् ।

हाल होम आइसोलेशनमा दुई हजार ३९६, संस्थागत आइसोलेशनमा १४१ र सघन उपचार कक्ष ९आइसियु०मा १९ जना उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.