जन सरोकार

सशस्त्र प्रहरी निरीक्षकमा बढुुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन ५ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा भएका सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ ८९ जना र सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूह तर्फका ७ जना जुनियर अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लामो सयम जुनियर अधिकृत दर्जामा रहँदाको अनुभवलाई संगठनको हित र उच्चतम् विकासमा योगदान पुर्‍याउन निर्देशन दिनुहुँदै बढुवा भएका अधिकृतहरुलाई हार्दिक बधाई तथा आगामी दिनको कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

उहाँले संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकास र उन्नतिको लागि संगठनले हर सम्भव प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै कार्य सम्पादन मूल्यांकन तथा चुनौतीपूर्ण कार्यको मूल्यांकनलाई यथार्थपरक बनाउनुको साथै व्यावसायीक कार्यशैलीको निष्पक्ष र पारदर्शी तवरले बढुवा समितिले मूल्यांकन गरिरहेको बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जुनियर अधिकृतबाट सिनियर अधिकृतका रुपमा रुपान्तरण हुँदा जिम्मेवारी पनि स्वतः बृद्धि हुने र सोको मर्यादा र गरिमा राखेर आगामी दिनहरुमा थप उत्प्रेरित भएर उच्च मनोबल र हौसलाका साथ कार्य गर्न समेत निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत एवं बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.