राजनीति

नेकपा एमाले नयाँ शिराबाट अगाडि बढ्ने : अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र सिद्धान्तअनुसार अघि बढ्दै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्ने बताउँदै अब नेकपा एमाले नयाँ शिराबाट अगाडि बढ्ने बताउनुभएको छ ।

पुष्पलालको ४३ औं स्मृति विदसको अवसरमा विहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले केही महत्वकांक्षी र अवरवादी तत्वका कारण कम्युनिष्ट पार्टीमा समस्या आएको बताउँदै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर जानुपर्ने ठाउँमा व्यक्तिगत टकराव, कुण्ठा र ईश्याले नेपालको कम्युनिष्ट आन्दोलन पछि परेको बताउनुभयो ।

कक्युनिष्ट आन्दोलनमा पार्टीको दोस्रो महाधिवेशनदेखि जालझेल र तिकडम बढेको चर्चा गनुृहुँदै अध्यक्ष ओलीले भन्नुभयो “वैचारिक लिडरलाई के गरेर रोक्न सकिन्छ, त्यतातिर जालझेल भयो, पुष्पलालविरुद्ध पनि त्यही भयो । अहिलेको अवस्था पनि त्यही भैरहेको छ ।”

पुष्पलालले अगाडि सार्नुभएको विचार अहिले पनि सान्दर्भिक रहेको चर्चा गर्नुहुँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भन्नुभयो, “पुष्पलालले २००६ सालमा सार्नुभएको विचार सान्दर्भिक छन्, त्यसको कार्यान्वयन गर्दैआएका छौं ।”

पुष्पलालले रोप्नुभएको पार्टी एकता र समृद्धिको विरुवालाई ओइलाउन नदिइने बताउँदै अध्यक्ष ओलीले आजको नेकपा एमाले नयाँ शिराबाट अगाडि बढ्ने चर्चा गर्नुहुँदै चिन्ता नलिन पार्टी पङ्तीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक आन्दोलनका निम्ति पुष्पलालले जीवनभर योगदान गर्नुभएको बताउनुभयो । पार्टीमा अन्तरसंघर्ष हुनु स्वभाविक भए पनि नेता माधवकुमार नेपाल पक्षले पार्टीप्रति अपराध गरेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.