राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीबाट भारतीय राष्ट्रपतिलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई आज हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ ।

मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको ट्विट सन्देशमा उल्लेख छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा द्रौपदी मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज एक ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभएको छ ।

सोमबार भएको निर्विचनमा पहिलोपटक आदिवासी समुदायबाट द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित हुनु भएको छ । चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो । उहाँ सन्थाल समुदायकी हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.