जन सरोकार

‘इन्टर्न’को नाममा भैरहेको श्रम शोषण रोक्न जिफन्टले अभियान चलाउने

नेपालमा रोजगारदाता कम्पनीले जागीर अघि तालिम (इन्टर्न)को नाममा निःशुल्क वा नाममात्रको ज्याला दिएर धेरै काम लगाउने यस्तो प्रवृत्ति श्रम शोषण भएको आरोप लागाउँदै यसबिरुद्ध अभियान चलाइने भएको छ ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले इन्टर्न (तालिमे) को नाममा श्रमिकमाथि शोषण भइरहेको भन्दै यसका विरुद्धमा अभियान चलाउने भएको छ । जिफन्टले आठौँ महाधिवेशनपछि सञ्चालन गर्ने एउटा मुख्य अभियान यसलाई नै बनाउने भएको हो । यसले श्रम बजारमा भइरहेको एउटा शोषणको अन्त्य हुने जिफन्टको निश्कर्ष छ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले इन्टर्नका नाममा विनापैसा काममा लगाउने मात्र नभई कतिपय प्रतिष्ठानमा उल्टै शुल्क असुल्नु गम्भीर श्रम शोषण भएको बताउनुभयो । उहाँले इन्टर्नलाई पनि ज्याला दिनु पर्दछ भन्ने अभियान जिफन्टले सुरु गर्ने जानकारी दिँदै यसले प्रतिफलपूर्ण रोजगारीको विषयलाई अगाडि बढाउने बताउनुभयो ।

नेपालमा कति श्रमिक छन् भन्ने तथ्याङ्क नै नभएका कारण जिफन्टले श्रमिकलाई स्थानीय तहमा सूचीकरणका लागि दबाबकारी अभियान पनि सञ्चालन गर्ने भएको छ । यसका लागि हरेक पालिकामा जिफन्टले कम्तीमा तीन जना युनियनका नेता परिचालन गर्ने जनाएको छ ।

उनीहरुमार्फत सो पालिकामा रहेका श्रमिकलाई दर्ता गर्ने योजना बनाएको छ । “यसका लागि देशका ७५३ वटै पालिकामा जिफन्टका अगुवा नेताहरु परिचालित हुनेछन्”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यसले देशव्यापीरूपमा एउटा अभियान सञ्चालन हुनेछ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.