जन सरोकार

खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ

कञ्चनपुरको पुर्नवास नगरपालिका–११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्रबाट खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ

बिहिबार दशगजना हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीबार साँझ ७८दशमलव ३७ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने वर्ष २८ का सुमित गुप्ता, वर्ष २४ का लबि गुप्ता र वर्ष २७ का बबि महेन्द्रुलाई पक्राउ गरेको हो ।

सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शङ्का लागि जाँच गर्दा सेतो प्लाष्टिकको थैलीभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेका सुमितको साथबाट २४दशमलव४७० ग्राम, लबिको साथबाट २५ दशमलव ६४० ग्राम र बबिको साथबाट २८ दशमलव २६० ग्राम लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिनुभयो ।

तीनै जनाको साथबाट लागुऔषधसँगै भारतीय रुपैयाँ १५ हजारसमेत बरामद गरिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ । उनीहरु लागुऔषधका कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.