विश्व समाचार

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना लाग्यो

अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना सङ्क्रमण भएको छ । सिँगान बग्ने, बेलाबेलामा सुक्खा खोकी लाग्ने र केही थकान महसुस उनले गरेका छन् ।

आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको सङ्क्रमण भएको जानकारी पाएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उनलाई सहानुभूतिको सन्देश पठाएका छन् ।

सन्देशमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यसैबीच, अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिले कोभिड–१९ का हल्का लक्षण अनुभव गरेका छन् । उनले प्याक्सलोभिड र एन्टिभाइरल औषधि सेवन गर्न थालेका छन् ।

उनले आफ्नो स्वास्थ्य ठीक रहेको तथा आफूप्रति दर्शाएको चासो र चिन्ताका निम्ति ट्विटरमार्फत धन्यवाद ज्ञापन गरेका छन्

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.