विश्व समाचार

चीनको वैदेशिक सहायता नीतिप्रति अमेरिकाको टिप्पणी भ्रामक

चीनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (सिआइडिसीए) का प्रमुख लुओ झाओहुईले हालै केही अमेरिकी अधिकारीहरूले आफ्नो मुलुकको वैदेशिक सहायता नीतिलाई लिएर गरेको भ्रामक भनाइको खण्डन गरेका छन् ।

सिआइडिसीए र वाणिज्य मन्त्रालयको संयुक्त आयोजनामा बिहीबार भएको भ्रष्टाचार विरोधी मञ्चमा उनले चीनको वैदेशिक सहायता नीतिलाई बदनाम गर्न खोजेको अमेरिकी प्रयासको निन्दा गरे ।

बितेका ७३ वर्षमा चीनले सधैं विदेशी सहायतालाई ठूलो महत्व दिएको र त्यसको प्रतिफल पनि सम्बद्ध देशले पाएका बताउँदै अमेरिकाले व्यक्तिगत लाभ लिन र आन्तरिक मामिलामा खुलेर हस्तक्षेप गर्न सहायताको ‘खाली चेक’ लेख्ने गरेको टिप्पणी गरे ।

उनले संयुक्त राज्य अमेरिकाको कमजोर विदेशी सहायताको अभिलेख पनि प्रस्तुत गरे । अमेरिका आफ्नो स्वार्थलाई अगाडि बढाउन र अन्य देशको आन्तरिक मामिलामा खुलेर हस्तक्षेप गर्न सहयोगका साधन प्रयोग गर्नबाट कहिल्यै पछि नपरेको आरोप पनि लगाए ।

चीनको वैदेशिक सहायता नीतिले विश्वको साझा विकासलाई प्रवद्र्धन गर्न तथा विकासोन्मुख देशका जनताको आर्थिक, सामाजिक र जीवनस्तरमा सुधार गर्न महत्वपूर्ण योगदान गरेको दाबी लुओले गरे ।

कोरोनाको महामारीका कारण उत्पन्न विश्वव्यापी आर्थिक मन्दी र त्यसको पुनरुत्थानका अवरोधबाट पार पाउन तथा खाद्य सङ्कटलगायत कठिनाइबाट मुक्ति पाउन सबै देशले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.