राजनीति

संघीयता खारेजी र हिन्दु राष्टरुको माग गर्दै कमल थापा सडकमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि सो पार्टी छाडेर राप्रपा नेपाल पुनर्गठन गर्नुभएका कमल थापा आन्दोलनमा होमिनुभएको छ ।

शुक्रबार सो पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्र स्थापनाको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

राप्रपा नेपालले प्रदेशको खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारवाही गरिनुपर्ने माग राख्दै काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो ।

माइतीघरबाट बानेश्वरसम्म गरिएको प्रदर्शनमा महंगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने लगायतका माग गरिएको थियो ।

बिरोध प्रदर्शनपछि आयोजित सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला दल भन्नेहरुले मुलुकमा ब्रह्मलुट मच्चाई राखेको र ठूला–ठूला भ्रष्टाचार लुकाइएको आरोप लगाउनुभयो ।

जनताको जनजीविकाका विषयमा सरकार गम्भीर नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने बताउनुृभएका थापाले मुलुक अस्तव्यस्त हुँदा पनि दलका नेताहरु चिर निन्द्रामा रहेको आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले चार वर्षसम्म सदनमा छलफल भएको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको हित विपरितको विधेयक ल्याउने षडयन्त्र भइरहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.