जन सरोकार

सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न ३ जना फरार प्रतिवादीहरू पक्राउ

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिराहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न ३ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ

पक्राउ पर्नेहरूमा सिराहा नगरपालिका ३ मखनाहा टोल बस्ने २५ वर्षीय जयकेश कुमार यादव, मंगला भन्ने २० वर्षीय दिपेश कुमार यादव र बुलना भन्ने २२ वर्षीय मुकेश कुमार यादव रहेका छन् ।

गत असार १६ गते सिराहा नगरपालिका १४ खिरौनास्थित नहरको पानीमा महोत्तरी सोनमा गाउँपालिका ३ घर भई सिराहा नगरपालिका(१७ स्थित उक्त आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान यादव मृत फेला परेका थिए ।

उक्त घटना अनुसन्धानको क्रममा उनीहरूले सोही दिन दिउँसो सिराहा नगरपालिका ३ स्थित विवाहमा भएको सामान्य विवादमा यादवलाई चोर, चोर भनि करिब ३ किमिसम्म लखेटेर नहरमा डुबाई कर्तव्य गरी मारेको खुल्न आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर थप अनुसन्धन भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.