जापानराजनीति

जापानबाट चाँडै खोप ल्याउने प्रयन्त जारी

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानका राजदूतले शिष्टाचार भेट गर्दै जापानी प्रधानमन्त्रीका तर्फबाट बधाई ज्ञापन गर्नुका साथै द्विपक्षीय हितका विषयमा कुराकानी गर्नुभएको छ ।

प्रधानमन्त्री निवासमा भएको भेटमा जापानी राजदूत किकुटा युटाकाले कोभिडविरुद्धको खोप यथासक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रयास भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको थियो ।

जापानले १६ लाखमात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराउने घोषणा गरेअनुरुप जापानका राजदूतले त्यससम्बन्धमा प्रधानमन्त्री देउवालाई पछिल्लो प्रगतिबारे जानकारी गराउनुभएको हो । हालै जापानले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख एस्ट्राजेनिका खोप प्रदान गर्ने घोषणा गरेको थियो ।

त्यस अवसरमा नेपाल–जापान सम्बन्धका विविध विषयमा उहाँहरूबीच विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले खोप सहायता तथा थप सहयोग गर्ने जापानको प्रतिबद्धताको सराहना गर्दै जापान सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

त्यसै गरी आजै अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले भेटवार्ता गर्नुभएको छ । भेटमा ६१ वर्ष पुरानो अष्ट्रेलिया–नेपाल सम्बन्धका विविध पक्षबारे अवगत गराउँदै कोभिड–१९विरुद्धको नेपाल सरकारको प्रतिकार्य, नेपालको विकासका प्राथमिकता तथा समावेशिताका कार्यसूचीमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले कोभिड–१९विरुद्धको प्रतिकार्यका लागि हालै अष्ट्रेलिया सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै अष्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.