राजनीति

नागरिकता विधेयकमा बलजफ्ती गरियो, गठबन्धनका नाममा जे पनि सैह्य हुँदैन

नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले गलत प्रक्रियाबाट पारित भएको नागरिकता विधेयकमा रहेको अंगीकृत नागरिकता सम्बन्धी प्रावधान अस्वीकार्य रहेको बताउनुभएको छ ।

शुक्रबार विधेयक पारित भएपछि शनिबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका नेता श्रेष्ठले नागरिकता विधेयकमा गठबन्धनको नाममा कांग्रेसले बलजफ्ती गरेको आरोप समेत लगाउनुभएको छ ।

नेताा श्रेष्ठले नागरिकता विधेयकमा वैवाहिक अंगीकृतको विषयमा आफ्नो असहमति भए पनि गठबन्धनकै कारण पारित गर्न आवश्यक भएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

उहाँले लेख्नुभएको छ, ‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस्,’ उनले भने, ‘हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरूमा सम्झौता हुन सक्दैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ। गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन।’

वैवाहिक अंगीकृत नागरिकतामा अहिले भएको प्रावधान गलत भएको भन्दै उहाँले संसदीय समितिमा मतभेद रहेको वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी विषयलाई तत्काल केही समयका लागि थाती राख्नुपर्ने माग पनि गर्नुभएको छ

श्रेष्ठले लेख्नुभएको छ, ‘७ वर्षको प्रावधान हाम्रा नेपाली महिला छोरी, दिदी बहिनीहरूले विदेशी पुरूषसँग विवाह गरेकोमा छिमेकी देशहरूले ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरेको व्यवस्था समेतलाई ध्यान दिएर राखिएको थियो । ‘नेपाली नागरिक महिलाले विदेशी पुरूषसँग विवाह गरेकोमा सम्बन्धित पुरूषलाई भने वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था नै गरिएको छैन। यो अलग्गै विषय हो।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.