राजनीति

आफूहरूकै जोडबलमा नागरिकता विधेयक पारित भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूकै जोडबलमा नै नागरिकता विधेयक पारित भएको र नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको दावी गर्नुभएको छ ।

पार्टीको कार्यक्रमका लागि सर्लाही जाने क्रममा आज जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा उहाँले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको र छिट्टै सकारात्मक परिणाम आउने पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “जनता समाजवादी पार्टीबाट डा बाबुराम भट्टराईको समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी छ । जसपाका दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ, उपेन्द्र यादवजीले नेतृत्व गरेको पार्टी गठनबन्धनमै छँदैछ, बाबुरामजीले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने उहाँहरुले भन्दै आउनुभएको छ । त्यस कारण बाबुरामजीको समूह पनि हाम्रै गठबन्धनमा रहने मेरो विश्वास छ ।”

गठबन्धनमा रहेका वामपन्थी पृष्ठभूमिका दलहरुबीच चुनावी मोर्चा वा पार्टी एकताका लागि संयोजन समिति पनि बन्न सक्ने उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, “ हाम्रो छलफल चलिरहेको छ तर अहिलेसम्म अन्तिम निर्णयमा पुग्न सकेका छैनौँ । सम्भवतः केही दिनभित्र एउटा निर्णयमा हामी पुग्छौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.