अर्थ
सुन तोलाको ९५ हजार पुग्यो

नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड राखेको छ । बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर शुक्रबार प्रतितोला ९५ हजार ८ सय पुगेको छ ।
त्यसै गरी शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ । अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।