जापान

अगस्ट ११ मा गल्कोट समाज क्षेत्रीय समिति कान्तोको अधिबेशन हुने

गल्कोट समाज जापान, क्षेत्रीय समिति कान्तोको पाँचौं अधिबेशन तय भएको छ । गल्कोट समाज क्षेत्रीय कार्यसमिति टोकियोको जुलाई २१ मा सम्पन्न बैठकले क्षेत्रीय समिति कान्तोको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसमितिको निर्देशन अनुरूप आगामी अगस्ट ११ तारिक दिउँसो १ बजेदेखि ईकेबुकुरो स्थित तोसिमा कुमिन सेन्टरको सातौं तल्लाको सभाहल ७०२-७०३ मा गर्ने तय भएको छ ।

अधिबेशन सम्पन्न गर्नका लागि संरक्षक श्री नर बहादुर थापा, सल्लाहकार रामकृष्ण बम मल्ल तथा बाबुराम सापकोटालाई ज़िम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

क्षेत्रीय समिति कान्तोका अध्यक्ष महेन्द्र साहानीको अध्यक्षतामा सम्पन्न बैठकमा गल्कोट समाज जापानका संरक्षक एवं अन्तर्राष्ट्रिय गल्कोट समाजका संयोजक बेलुकाजी थापा, गल्कोट समाज जापानका केन्द्रीय अध्यक्ष दिलु खत्री र केन्द्रीय सदस्य श्री किसान बस्नेत समेतको उपस्थिति रहेको थियो ।

बैठकमा सम्पुर्ण कार्यसमिति सदस्यहरुले २ बर्षको कार्यकालमा भएका कार्यको समीक्षा र भावी दिनहरुमा समाजलाई दिन सक्ने योगदानका बिषयमा आ(आफ्ना धारणा ब्यक्त गर्नुभएको थियो ।

त्यसै गरी बैठकले “गल्कोट समाज कल्याणकारी अक्षय कोष टोकियो २०२०” को अक्षयकोष निर्देशिका जारी गरेको छ । कार्यसमितिको निर्णयबाट हाललाई अक्षयकोषमा ११ लाख रहने गरी कोष संचालन निर्देशिका जारी गरेको छ ।

हरेक पटक गल्कोट समाज क्षेत्रीय कार्यसमिति पुनर्गठन भए संगै अक्षयकोष संचालक समिती पनि गठन हुने गरी निर्देशिका जारी गरिएको हो ।

संस्थाका कोषाध्यक्ष श्री राजु बस्नेतले कार्यसमितिको यस कार्यकालको आय ब्यय प्रस्तुत गर्नु भएको थियो भने सचिव दुर्गा बहादुर खत्रीले प्रगति बिबरण प्रस्तुत गरी सर्वसहमतिबाट पारित भएको थियो ।

त्यसै गरी बैठकले सामाजिक गतिबिधीमा सक्रिय भुमिका निर्वाह गर्ने बर्तमान कार्यसमितिका सदस्य दिनेश थापा, हिमाल कँडेल र कृष्ण शर्मालाई क्षेत्रीय कार्यसमितिले “सक्रिय सदस्य सम्मान” प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.