जन सरोकार

तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला

झापामा एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा तीन फेला परेका छन् । शनिबारदेखि हराइरहेका तीनै जना किशोरीहरु चिया बगानका मजदुर हुन् ।

केचनाकवल गाउँपालिका ५ मा आइतबार बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन् ।

शनिबार दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७ः३० बजे झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाठकले जानकारी दिनुभयो ।

डिएसपी पाठकका अनुसार दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी अनुसार एक जनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन्।

सामूहिक आत्महत्या गर्नुपर्ने कारण खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता पाठकले सेतोपाटीलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.