कर्पोरेट/पर्यटन

पर्यटन विकासका लागि २०२३ देखि २०३३ सम्म भ्रमण दशक मनाउने तयारी

लाई नेपाल भ्रमण दशक घोषणा

नेपालको पर्यटन प्रबद्र्धन र विकास गर्ने उद्देश्यका साथ सरकारले भ्रमण दशक मनाउने घोषणा गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरेको हो ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको ‘रिकोभरी प्लान’ अनुसार मन्त्रालयले यस्तो कार्ययोजना सार्वजनिक गरेको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने काम गर्ने दाबी गर्नुभयो ।

सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने बताउनुहँदै उहाँले वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताउनुभयो ।

मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना भएको बताउनुभयो । भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहेको उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा गर्नसक्छौं । यो उद्देश्यले दशकको रुपमा नै पर्यटन वर्ष बनाएर जाने घोषणा गरेका र यो पर्यटन मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना भएको पनि उहाँले बताउनुभयो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले कार्ययोजना प्रस्तुत गर्नुहुँदै तीन महिनाभित्र सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशक घोषणा गरिसक्ने गरी तयारी भएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्ययोजना बनाएको पनि बताउनुभयो ।

नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

सगरमाथा आधार शिविरबारे सोको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यमा हुने जोखिमका सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधारशिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताउनुभयो ।

त्यस्तै, काठमाडौं उपत्यकालगायत अन्य पर्यटकीय स्थलहरुमा पर्यटक बसपार्क निर्माणको कामलाई छ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ ।

मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ समेत चलाउने घोषणा गरेको छ । हिमाल आरोहणको लागि पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण छ महिना भित्र खुला गर्ने तयारी गरेको छ ।

त्यस्तै, प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ । काठमाडौं उपत्यकाभित्र रात्रिकालिन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालिन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ ।

क्लीन नेपाल, ग्रिन नेपालको अवधारणा अन्तर्गत प्रदेश, स्थानीय सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई एवं रङ्गरोगन अभियान एक महिनाभित्र चलाउने घोषणा भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.