जन सरोकार

पाल्पामा बस दुर्घटना, छजनाको मृत्यु

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् भने मृतकको सनाखत हुन सकेको छैन ।

गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हेँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ । बस सडकदेखि करिब ६० मिटर तल खसेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.