विश्व समाचार

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख, भारतमा एकैदिन ४९ हजारलाई संक्रमण

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणबाट शनिबारसम्म विश्वभर एक करोड ५९ लाख ५५ हजार ८ सय ८७ जना व्यक्ति सङ्क्रमित भएका छन् ।

त्यसै गरी कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जानकारी दिएको छ । सङ्क्रमितमध्ये हालसम्म ९७ लाख ५४ हजार २५३ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ५५ लाख ५८ हजार ५९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोनाका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४२ लाख ४८ हजार ४९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४८ हजार ४९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३६ लाख २६ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३१ हजार १५५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४९ लाख ८१ हजार ४३७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ५ हजार ९६८ जनाको मृत्यु भएको छ ।
युरोपमा २७ लाख ५९ हजार ७३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार १२४ को मृत्यु भएको छ । एसिया ३७ लाख ५७ हजार ५८० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४६५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा आठ लाख १४ हजार १६५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार १४६ जनाको मृत्यु भएको छ । ओसियानामा १५ हजार ६४७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६७ जनाको मृत्यु भएको छ ।

यसै गरी दक्षिण एसियामा भारतमा संक्रमणको दर उच्च रुपमा वृद्धि भैरहेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाहरुको कुल संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । ती मध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु आठ लाख ४९ हजार ४३१ जना सङ्क्रणमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार सङ्क्रमित भएका छन् । त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.