राजनीति

सभापति देउवाद्वारा पन्थीको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले खगेश्वर पन्थीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार शोक विज्ञप्ति जारी गर्दै कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीका ८३ वर्षीय पिता खगेश्वरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

सभापति देउवाले स्व पन्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चीरशान्तिको कामना एवं जिल्ला सभापति पन्थीलगायत समस्त परिवारजनप्रति पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

पन्थीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा यही साउन ४ गते निधन भएको हो । स्व पन्थी साविक नेपाली कांग्रेस अर्थले गाउँ कार्यसमितिका पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो ।

सामाजिक क्षेत्रमा संलग्न रहँदै आउनुभएका स्व पन्थीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।

पन्थीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको मुख्यसचिव पौडेलद्वारा जारी शोक विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.