जापान

अगस्टमा अध्यक्ष प्रचण्ड जापान आउँदै

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो अगस्ट ६ तारिखमा जापानको पाँचदिने भ्रमणमा आउनुहुने भएको छ ।

नेपाली जनप्रगतिशील जापानका अध्यक्ष भवानी पन्तका अनुसार नेपाल र जापानबीचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सृजना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ सो भ्रमण हुन लागेको हो ।

मञ्चका महासचिव बाबुराम पौडेलले अध्यक्ष प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधार ः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा मुख्य वक्ताको रूपमा सहभागिता जनाउनु हुनेछ ।

पौडेलका अनुसार अगस्ट ७ तारिक टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५स्३० बजेदेखि हुने सो अन्तरक्रिया कार्यक्रमसहित नेपाल जापान सम्बन्धमा टेवा पुर्याउने उद्देश्यले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गरी द्वीपक्षीय सम्बन्धका विषयमा छलफल हुने छ ।

४ सदस्यीय भ्रमण दलसहित जापानमा आउन लाग्नुभएका अध्यक्ष प्रचण्डले जापानका विभिन्न एतिहासिक महत्वका क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.